Logo
Logo

भारतको सहयोगमा निर्मित छात्रावास भवनको उद्घाटन


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ६ पुस । भारत सरकारको सहयोगमा कीर्तिपुरस्थित नेपाल एपीएफ स्कुलका छात्राका लागि निर्माण गरिएको छात्रावास भवनको उद्घाटन गरिएको छ । उक्त भवनको नेपालस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. अजयकुमारले आइतबार उद्घाटन गरे ।
सो उद्घाटन कार्यक्रममा नेपाल सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक रामशरण पौडेललगायत विभिन्न व्यक्तित्वको उपस्थिति थियो । सन् २००५ मा स्थापित उक्त नेपाल एपीएफ स्कुल नेपाल सशस्त्रप्रहरी बलअन्तर्गत रहेको सशस्त्रप्रहरी बल कल्याणकारी सेवा केन्द्रद्वारा निर्माण गरिएको शैक्षिक संस्था हो । उक्त विद्यालय काठमाडौंको कीर्तिपुर नगरपालिकाचम्पादेवी–७ मा अवस्थित छ, जसमा २१ प्रतिशतभन्दा बढी छात्रा रहेका छन् ।
भारत सरकारको ४.०४२ करोड रुपैयाँ अनुदान सहयोगमा निर्माण गरिएको उक्त छात्रावास भवन दई तल्ले रहेको छ । जसमा वार्डेनका लागि एउटा छुट्टै कक्ष, शयनकक्ष, प्रत्येक तलामा छात्राका लागि फर्निचरका साथै स्नानघर, सरसफाईको सुविधासहित ३२ वटा कोठाहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्