Logo
Logo

जेलबाट भागेका कैदी १५ वर्षपछि पक्राउ


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ६ पुस ।
१५ वर्षअघि कैलाली कारागारबाट भागेका कर्तव्य ज्यान मुद्दाका कैदी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले २०६१ सालमा तत्कालीन माओवादीले कारागारमा आक्रमण गर्दा भागेका कैलालीको भजनी नगरपालिका ५ का दिलबहादुर साउँदलाई पक्राउ गरेको हो।


जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतका अनुसार साउँदलाई जिल्ला र इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको संयुक्त टोलीले आज भजनी नगरपालिका ५ बाट पक्राउ गरेको हो। पक्राउ गरी साउँदलाई जिल्ला अदालतमा उपस्थित गराइएको बस्नेतले बताए।

साउँदले २०५५ साल फागुन ५ मा साबिकको लालबोझी गाविस ७ का रतन साउँदको हत्या गरेका थिए। जिल्ला अदालत कैलालीले २०५६ पौष २६ मा फैसला सुनाउँदै २१ वर्ष छ महिना कैद सजाय तोकेको थियो। उनलाई २०६० साल फागुन १९ गते पक्राउ गरी प्रहरीले कारागार चलान गरेको थियो।
तर २०६१ माघ २१ गते तत्कालीन माओवादीले कैलाली कारागार आक्रमण गर्दा भागी फरार भएर साउँद भारतबाट आधार कार्ड समेत बनाएर भारतमै बस्दै आएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्