Logo
Logo

सिआइबीको खोजीमा एनसेलका एजेन्ट


20.5k
Shares

काठमाडौं । नियम मिचेर एकै व्यक्तिलाई सयौं सिम कार्ड बिक्री गरेर अपराधलाई प्रोत्साहन गर्ने एनसेलका एजेन्टहरुलाई सिआइबीले पक्राउ गर्न थालेको छ । सिआइबीले यस्तो अपराधमा संलग्न आठ जनालाई पक्राउ गरेको छ ।

गत २३ जेठमा सिआइबीले कल तथा एसएमएस बाइपासमा संलग्न चिनियाँ नागरिक जाओ जियाङपेङ र उनका कर्मचारी गणेश श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान गर्ने क्रममा एनसेलका कर्मचारी तथा एजेन्टको यसमा मिलेमतो देखिएको हो ।

यो घटनामा थप दुई चिनियाँ र अन्य नेपालीहरु पक्राउ परेका छन् । नियमविपरीत एउटै नागरिकतामा सयौं सिम बिक्री गर्ने सोलुखुम्बु घर भई काठमाडौं कपन बस्ने रमन कार्की, गोरखा घर भई डल्लु बस्ने अर्जुन कुमार श्रेष्ठ, काभ्रे बनेपाका निलेश श्रेष्ठ, सिन्धुलीका अनिष कार्की, सिन्धुपाल्चोकका गोपाल श्रेष्ठ, सिन्धुलीका रेशम श्रेष्ठ, बिशाल थापामगर र मुकुन्द सापकोटालाई पनि सिआइबीले पक्राउ गरेको छ ।

उनीहरुमध्ये केह्ी एनसेलका एजेन्ट हुन् । नियमविपरीत सिमकार्ड बेचेर अपराधमा प्रोत्साहन गरेको आधारमा उनीहरुलाई पनि कानुनी कारबाहीको ल्याएको हो ।

प्रहरीले सो गिरोहबाट दुई हजार चार सय तीन वटा प्रयोग भएका र एक हजार तीन सय ९३ सिमकार्ड बरामद गरेको थियो । एक व्यक्तिलाई दुई भन्दा धेरै सिमकार्ड बेच्न नपाउनेमा कतिपय पसलेले धेरै बिक्रि गरेकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सिमकार्डकै दुरुपयोगका कारण कतिपय गम्भीर अपराध हुने भएकाले एनसेलमाथि कारबाही सुरु भएको हो । यसमा सिआइबीले एनसेलको केन्द्रीय कार्यालयलाई पनि सचेत गराएका छ । पैसाको लोभमा एनसेलका कर्मचारीले प्रक्रिया पूरा नगरी सिमकार्ड बेच्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्