Logo
Logo

बाइडेनले बेलायती राजाको ढाडमा हात राखे पछि विवाद


10.5k
Shares

लन्डन । अमेरिकी राष्ट्रपति जो बाइडेन अहिले युरोप भ्रमणमा छन् । यस क्रममा उनले विन्डसर क्यासलमा राजा चार्ल्स तृतियालाई पनि भेट गरेका छन् ।

राजा चार्ल्स तृतीयले पनि अमेरिकी राष्ट्रपतिलाई न्यानो स्वागत गरे । यसै क्रममा राष्ट्रपति बाइडेनले राजा चार्ल्स तृतियाको ढाडमा हात राखेको विषयकाे चर्चा भइरहेको छ । मानिसहरूले त्यसलाई शाही प्रोटोकलको उल्लङ्घनको आरोप लगाएका छन् ।

यद्दपी, बकिंघम प्यालेस स्रोतले यसलाई व्यक्ति र देश दुबैको विगतको न्यानोपन र स्नेहको प्रतीकको रूपमा वर्णन गरेको छ। दरबार स्रोतहरूले भने कि राजा चार्ल्स जो बिडेनले राजाको पीठ छोएकोमा पूर्ण रूपमा सहज नै थियो । यो दुई व्यक्ति र तिनीहरूका राष्ट्रहरू बीचको न्यानोपन र स्नेहको अद्भुत प्रतीक रहेको बताए ।

राजा बनेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनसँग चार्ल्स तृतीयको यो पहिलो औपचारिक भेट थियो । सो क्रममा दुवै नेताबीच जलवायु परिवर्तनविरुद्धको लडाइँबारे छलफल भएको थियो । यससँगै यसको समाधानका लागि जलवायु वित्त परिचालन मञ्चसँग पनि छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्