Logo
Logo

खस्कदै सिआईबीको साख


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं, ८ पुस । गत १३ मंसिरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले पत्रकार सम्मेलन आयोजना गरेको थियो । सिआईबीको पत्रकार सम्मेलन भनेपछि पत्रकाहरुको भिड लाग्छ । किनकि ब्यूरोले ठूलै अपराधीहरु पक्राउ गरेपछि मात्र पत्रकार सम्मेलन गर्दै आएको छ । त्यही कारण त्यो दिन पनि ठूलो संख्यामा पत्रकार सिआईबी पुगेका थिए । तर, उनीहरु हिस्स बनेर फर्किए । किनकि, त्यो दिन कुनै ठूलो समाचार थिएन । नक्कली सर्टिफिकेट बेच्ने तीन जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको थियो ।

त्यतिबेला देश हल्लाउने घटनाको सिआईबीले अनुसन्धान ग¥यो । रातो पासपोर्ट कार्डमा सभासदहरु पक्राउ परे । बैंकिङ फ्रडमा ठूला बैंकरहरु समातिन थाले । अनि भिआईपीको धन्दा चलाउने गिरोह ध्वस्त भयो । अदालतबाट दोषी ठहर भएर पनि मस्तीसँग बस्दै आएकाहरु धमाधम पक्राउ पर्न थाले । गुन्डाहरुको सम्पति छानबिन हुन थाल्यो । जसले गर्दा सिआईबीको नामले नै सबै डराउने अवस्था आयो । सिआईबीका कारण सिंगो प्रहरीको छवी नै माथि उठ्यो । अहिले त्यसको ठिक उल्टो हुन थालेको छ । सिआईबीकै कारण प्रहरीकै छवि खस्कन थालेको छ ।

त्यही ब्यूरो हो जसले गृहमन्त्री रामहादुर थापा‘बादल’ का भाइ नरेश थापा मगरलाई पक्राउ गरेको थियो । तर, त्यो घटनाको विषयमा सिआईबीले विज्ञप्तिसमेत जारी गरेको थिएन । गृहमन्त्रीका भाइलाई बाध्यतावश पक्राउ गर्नुपरे पनि त्यसरी सार्वजनिक गर्दा गृहमन्त्री रिसाउने डर सिआईबीलाई थियो ।

त्यसैगरी नक्कली बैंक ग्यारेन्टी प्रकरणमा कर्णाली प्रदेशका मन्त्री खड्गबहादुर खत्रीविरुद्ध समेत गोप्यरुपमा मुद्दा दायर भयो । पदमा रहेका मन्त्रीलाई फरार बनाएर सोधपुछसमेत नगरी उनलाई चोख्याउने उद्देश्यले मुद्दा दायर गरिएको थियो । जुन विषयमा उच्च अदालत पाटलने समेत प्रहरीमाथि प्रश्न उठाएको थियो । यसरी ठूला घटनाको अनुसन्धान गुपचुपमा गरेर उनीहरुलाई सहजीकरण गर्न सिआईबीले कागजपत्र कीर्ते गर्नेलाई भने ठूलो काम भनेर पत्रकार सम्मेलन गरेको थियो । जसले पछिल्लो समय सिआईबी कसरी चलेको छ भने संकेत दिन्छ ।

गर्विलो इतिहास बोकेको सिआईबी पछिल्ला वर्ष विवादमा पर्न थालेको छ । साथै, ब्यूरोबाट ठूला घटनाको अनुसन्धान पनि हुन छाडेपछि सिआईबीको साख खस्कदै गएको छ ।

यसरी स्थापना भएको थियो सिआईबी

२०६७ सालमा नेपाल प्रहरीमा सिआईबी स्थापना भएको हो । तत्कालिन डिआईजी राजेन्द्रसिंह भण्डारीको योजनाअनुसार ब्यूरो स्थापना भएको थियो । त्यतिबेला रमेशचन्द ठकुरी प्रहरी महानिरीक्षक थिए । सुरुका केही वर्ष ब्यूरोको कार्यालय प्रहरी प्रधान कार्यालय नक्सालभित्रै थियो । तर, सर्वसाधरणसँग समन्वय गर्न समस्या हुन थालेपछि ब्यूरोका कार्यालय महाराजगञ्ज सारियो ।

त्यतिबेला देश हल्लाउने घटनाको सिआईबीले अनुसन्धान ग¥यो । रातो पासपोर्ट कार्डमा सभासदहरु पक्राउ परे । बैंकिङ फ्रडमा ठूला बैंकरहरु समातिन थाले । अनि भिआईपीको धन्दा चलाउने गिरोह ध्वस्त भयो । अदालतबाट दोषी ठहर भएर पनि मस्तीसँग बस्दै आएकाहरु धमाधम पक्राउ पर्न थाले । गुन्डाहरुको सम्पति छानबिन हुन थाल्यो । जसले गर्दा सिआईबीको नामले नै सबै डराउने अवस्था आयो । सिआईबीका कारण सिंगो प्रहरीको छवी नै माथि उठ्यो । अहिले त्यसको ठिक उल्टो हुन थालेको छ । सिआईबीकै कारण प्रहरीकै छवि खस्कन थालेको छ ।

सिआईबीको बदनामी सुनको कमिसन विवादबाट सुरु भएको थियो । प्रकाश अर्याल ब्यूरोको प्रमुख हुँदा ३५ किलो सुन कोटेश्वरमा बरामद भएको थियो । सुराकीको आधारमा सो सुन बरामद भएको थियो । त्यतिबेला सुराकीले १५ प्रतिशत कमिसन पाउने कानून थियो । जुन दुई करोड ५० लाख रुपैयाँ हुन्थ्यो । सामान्यतया यस्तो कमिसनमा सुराकी र प्रहरीले ५०÷५० प्रतिशत लिन्थे । तर सुराकी रकम धेरै भएकाले केही लाख मात्र दिएर धेरै रकम प्रहरीले राख्न थालेपछि विवाद बढेको थियो । जुन पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुग्यो ।

उत्तम कार्की ब्यूरोको निमित्त प्रमुख हुँदा अनुसन्धानमै रहेका कतिपय व्यक्तिहरुसँग भेटघाट गरेको कुरा बाहिर आएको थियो । ब्यूरोको पछिल्लो बदनामी निर्मला पन्त प्रकरणले भयो । भिडको आधारमा प्रहरी नेतृत्व चल्दा सिंगो प्रहरीको बदनाम भएको थियो । सो घटनाको अनुसन्धानमा डिएसपी अंगुर जिसी अनुसन्धानमा खटिएका थिए । उनले स्थानीय दिलीपसिंह बिष्टलाई पक्राउ गरी सार्वजनिक गरे । पछि डिएनए नमिलेको भनेर प्रहरी विवादमा तानियो । गलत अनुसन्धान गरेको भन्दै डिएसपी जिसीलगायत प्रहरीलाई निलम्बन मात्र होइन, मुद्दा दायर गरियो । अहिले आएर उनीहरुकै अनुसन्धान ठीक रहेको र डिएनए परीक्षण गलत रहेको स्वतन्त्र छानबिन समितिको रिपोर्ट आएको छ । तर, ब्यूरो नेतृत्व र प्रहरी नेतृत्वको लिडरसीप कमजोरीले त्यो प्रकरणमा प्रहरी चुक्न पुग्यो ।

किन लय गुमायो सिआईबीले ?

सुरुमा सिआईबीमा दक्ष र इमान्दार प्रहरीलाई मात्र राखिन्थ्यो । अन्र्तवार्ता नै लिएर कर्मचारी सरुवा गर्ने चलन थियो । उपेन्द्रकान्त अर्याल ब्यूरो प्रमुख हुँदा खराब छवि भएको भन्दै तत्कालिन डिएसपी विकासराज खनाललाई हाजिर हुनै दिएनन् ।

पछिल्लो समय अनुसन्धानको ‘अ’ पनि नजानको प्रहरीहरु समेत ब्यूरोमा छन् । अनुसन्धानमा दक्षता राख्ने प्रहरीहरुलाई प्रोत्साहन छैन । सूचना संकलनको कामलाई प्राथमिकता दिइएको छैन । जसकारण ब्यूरोले गति लिन नसकेको हो ।

यसमा ब्यूरो प्रमुख र प्रहरी नेतृत्वकै कमजोरी रहेको लामो समय सिआईबीमा काम गरेका एक प्रहरी अधिकारी बताउँछन् । ‘सूचना भनेको त्यत्तिकै आउँदैन, धेरै मेहेनत र खर्च गर्नुपर्छ,’ ती अधिकारी भन्छन्, ‘अहिले ब्यूरोमा त्यसरी दुःख गरेर गोप्य सूचना संकलन गर्नेहरु नै छैनन् ।’ कतिपय खराब पृष्ठभूमि भएका प्रहरीका कारण पनि ब्यूरो असफलतातर्फ उन्मुक्त छ । ब्यूरोलाई बलियो बनाउन सरकारले तलब दिएरै सुराकी राख्न सक्ने अधिकारसमेत दिएको छ । तर, त्यस्तो पैसा प्रहरीका हाकिमको खल्तीमा जाने गरेको छ ।

साथै कतिपय अनुसन्धानहरु राजनीतिक दबाबको भरमा समेत रोकिएका छन् । जस्तो कि पर्यटकहरुको फेक रेस्क्युको अनुसन्धान फाइल सिआईबीमा गएर रोकिएको छ । बालुवाटारको जग्गा प्रकरण दबाबकै भरमा त्यो अनुसन्धान रोकिएको स्रोत बताउँछ । कतिपय बैंकिङ कसुरका मुद्दाहरु पनि यसैगरी दबाबको भरमा रोकिएका छन् ।

कहाँ हरायो साइबर ब्यूरो ?

इन्टरनेटमार्फत हुने अपराधका घटनाहरु डरलाग्दो रुपमा बढेका छन् । सामान्य किमिसका ठगीदेखि विश्वकै खतरनाक ह्याकर समूहले नेपालमा अवैध गतिविधि गरिरहेका छन् ।

यही जोखिमसँग् जुध्न भन्दै सरकारले नेपाल प्रहरीमा छुट्टै ब्यूरो नै गठन गरेको छ । गत बैशाखमा प्रहरी महानिरीक्षकले उद्घाटन गरेको ब्यूरो कहाँ छ र के गरिरहेको छ भन्ने प्रहरी अधिकारीहरुलाई नै थाहा छैन । किनकी ब्यूरोले अहिलेसम्म कुनै काम नै गरेको छैन ।

नौ महिना बित्दा समेत कुनै घटनाको अनुसन्धान नगर्नुलाई अनौठो रुपमा लिइएको छ । डिआईजी विकास श्रेष्ठको कमाण्डमा ब्यूरो चलेको छ । भाटभटेनीमा एउटा घर नै भाडामा लिएर बसेको छ । स्रोत साधन समेत सरकारले प्रशस्त दिएको छ । तर, पनि ब्यूरोले नजिता दिन सकेको छैन ।

साइबर ऐन पारित नभइकसेकाले ब्यूरोलाई औपचारीक रुपमा कानूनी मान्यता पाइसकेको छैन । अन्य प्रहरी कार्यालयमार्फत उसले मुद्दा चलाउन सक्छ । तर, पनि कुनै पनि ठूलो अनुसन्धान र मुद्दा दायर गर्न सकेको छैन ।

पछिल्लो समय कृषि विकास बैंक लगायत कार्यालयमा ह्याकिङ गरेर पैसा चोरी भयो । यसमा महानगरीय अपराध महाशाखाले अनुसन्धान ग¥यो । चिनियाँ ह्याकर प्रकरण काठमाडौं परिसरले अनुसन्धान ग¥यो । तर, थप अनुसन्धानमा समेत ब्यूरोले चासो दिएको छैन ।

प्रहरी नेतृत्वबाट समेत ब्यूरोलाई प्रभावकारी बनाउन पहल भएको छैन । साथै ब्यूरोमा प्रोएक्टिभ सोचाईका प्रहरी समेत नहुँदा काम हुन नसकेको हो । साइबर ब्यूरोसँगै स्थापना भएको मानव बचेबिखन अनुसन्धान ब्यूरोले भने यो अवधिमा दर्जनौं मुद्दा दायर गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्