Logo
Logo

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ११ गते


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ९ पुस । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सरेको छ । यसअघि कांग्रेसले पुस १० गतेका लाािग केन्द्रीय समिति बैठक बस्ने भनिएको थियो । तर, त्यसको एक दिनपछि ११ गते बस्ने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
विभाग गठन, भ्रातृ संस्थाको नेतृत्व, क्रियाशील सदस्यताको नामावली प्रकाशनलगायतका विषयमा सहमति हुन नसकेपछि पुुस १० गतेका लागि बोलाइएको बैठक ११ गतेसम्मका लागि तय गरिएको पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी दिएको हो ।
मंसिर २६ गते देखि बोलाइएको बैठकमा औपचारिक प्रस्तावमा छलफल हुन नसकेपछि विभिन्न समयमा बोलाइएको बैठक समेत स्थगित हुँदै आएको छ । पछिल्लो समय कांग्रेसमा आन्तरिक विवाद बढ्दै गएपछि नियमित बैठक समेत बस्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्