काठमाडौं । एनएमबी बैंकले गोरखा जिल्ला भिमसेन गाउँपालिका, वडा नं. ३ तान्द्राङ निवासी श्रीमती गंगादेवी सापकोटालाई निजको छोराको जिवन विमावापतको क्षतिपूर्ति विमा रकम सात लाख रुपैया हस्तान्तरण गरेको छ ।
बैंकका कार्यकारी अधिकृत सुनिल केसी तथा प्रमुख ब्यापार अधिकृत गोविन्द घिमिरे तथा प्रदेश ४ का प्रदेश प्रमुख गणेश पराजुलीको उपस्थितिमा गोरखास्थित बैंकका जेष्ठ संस्थापक सदस्य धिरजबहादुर मास्केले उक्त रकम बरावरको चेक हस्तान्तरण गर्नु भएको थियो । निजको छोरा भुवन सापकोटाको २०७६ साउन २६ गते आरुघाट गाउँपालिका, आरुआर्वाङको वायाक टोलमा विजुलीको तार टाग्ने क्रममा दुर्घटना भई मृत्यु भएको थियो । निजले आरुघाटस्थित एनएमबी बैंकबाट वचत कारोवार गदैं आएका थिए ।
हाल एनएमबी बैंकको देशैभरि १६३ शाखा, १२८ एटीएम र ५ एक्सटेन्सन काउन्टरहरूको सञ्जाल रहेको छ ।