Logo
Logo

निश्मालाई ‘मिस रतुवामाई’ उपाधि


- दृष्टि न्युज/संवाददाता

126
Shares

काठमाडौं, ९ पुस । ‘मिस रतुवामाई–२०१९’ उपाधि निश्मा श्रेष्ठले जितेकी छन् । पहिलोपटक आयोजना भएको प्रतियोगिताको फाइनलमा आफ्ना १३ प्रतिस्पर्धीलाई पछि पार्दै निश्माले ‘मिस रतुवामाई’को ताज पहिरिएकी हुन् । उनलाई मिस उर्लाबारी विजेता रूसानी केसीले ताज लगाई दिएकी थिइन् ।
निश्माले उपाधिसँगै नगद ५० हजार, आइजोन इन्टरनेटको तर्फबाट एक वर्षका लागि निशुल्क इन्टरनेट र पोखरा भ्रमण गर्ने मौका पाएकी छिन् । उनलाई कार्यक्रम संयोजक अनिश कार्की र नगरप्रमुख रविन राईले पुरस्कारको चेक हस्तान्तर गरे ।
त्यस्तै प्रतियोगितामा रनरअप रेश्मा श्रेष्ठ भइन् । उनले नगद ३० हजार प्राप्त गरेकी छन् भने दोस्रो रनरअप भएकी रेसु कालिकोटेले २० हजार प्राप्त गरिन् । प्रतियोगितामा विभिन्न विधामा पुरस्कार वितरण गरिएको थियो ।
मिस अनुशासित रेसु कालिकोटे, मिस पब्लिक च्वाइस रेश्मा श्रेष्ठ, मिस क्याटवाल्क दुर्गा बस्नेत, मिस ट्यालेन्ट सुनिता थापा, मिस प्रसनालिटी निश्मा श्रेष्ठले जिते ।
प्रतियोगिताकोनिर्णायकमा नविन लुइँटेल, डा. सन्दिप अधिकारी, नविन श्रेष्ठ, सायरा राई, सिर्जना क्षेत्री र ज्ञानेन्द्र सुनुवार रहेका थिए ।
सेन्ट्रल फेसन हब उर्लाबारीको व्यवस्थापन र आयोजनामा कार्तिक २३ बाट सुरु भएको प्रतियोगिताको फाइनल, प्रतियोगिताको मुख्य प्रायोजक समेत रहेको राष्ट्रनिर्माण सेकेण्डरी बार्डिङ्ग स्कुल र रतुवामाई नगरपालिकाका मेयर (उपमेयर, विभिन्न वडाका वडाध्यक्षहरू, सामाजिक व्यक्तित्व, पत्रकार, संघ सस्थाका प्रतिनीधिको सहभागिता रहेको थियो ।
प्रतियोगिताको सम्पूर्ण पोशाक डिजाइन सेन्ट्रल फेसन हब उर्लाबारीका बिद्यार्थी प्रमिला श्रेष्ठ, लिजा श्रेष्ठ, अन्जना तामाङ, आश्मा धिमाल, सावित्रा अधिकारी र सोमश्री घोषले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्