Logo
Logo

सेञ्चुरी र ग्रान्डी अस्पतालबीच छुटसम्बन्धी सम्झौता


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र धापासीस्थित ग्रान्डी इन्टरनेशनल अस्पताल प्रालिबीच विभिन्न सेवा सुविधामा दिइने छुटसम्बन्धी सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरु त्था संस्थापक शयेरधनीहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका संस्थापक शेयरधनीहरुले अस्पतालको थुप्रै सेवामा आकर्षक छुट पाउने छन् ।

उक्त सम्झौतापत्रमा बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटी र अस्पतालका महाप्रबन्धक विकासमान सिंहले हस्ताक्षर गर्नुभएको छ । अन्यजानकारीका लागि बैंकको वेबसाइट धधध।अभलतगचथदबलप।अयm।लउ तथा बैंकका शाखाकार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्