काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा निजगढ नगरपालिका–९, निजगढमा यही मिति २०७६ पुस ७ गतेदेखि आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
सो शाखाको समुद्धघाटन बैंकका संचालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले एक समारोहका बीच गर्नुभयो । सो अवसरमा प्रमुख अतिथिले यस नयाँ शाखा कार्यालयमार्फत हिमालयन बैंक लिमिटेडले अत्याधुनिक बैंकिङ सेवा सुविधाका अतिरिक्त स्थानीय सीप र स्रोतको परिचालनमा बैंकले स्थानीयलाई सहयोग पु¥याउने र उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिहरुलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्न यो शाखा उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले उद्योग तथा व्यवसायिक लगानीका लागि बारा जिल्लामा राम्रो सम्भावना रहेको धारणा व्यक्त गर्दै बैंककोे साना तथा मझौला उद्यमी कर्जा कार्यक्रमद्वारा आफ्नो व्यवसायलाई बढाउन जिल्लावासीको क्रियाशील सहयोग र साथको अपेक्षा रहेको बिचार व्यक्त गर्नुभयो ।
समुद्घाटन समारोहमा सञ्चालकसमितिका सदस्यहरु लगायत बैंकका बरिष्ठ कर्मचारीहरुको उपस्तिथिमा थियो । साथै समारोहमा स्थानीय उद्योगपति, व्यवसायी तथा अन्य गण्यमान्य व्यक्तिहरुको पनि उपस्थिति हुनुहुन्थ्यो । उक्त शाखाहरु उद्घाटन पश्चात बैंकको देशभरिमा ६४ वटा शाखा सञ्चालनमा छन् भने चालु आवको अन्त्य सम्ममा थप १२ वटा शाखा सञ्चालनमा ल्याउने लक्ष्य बैंकले लिएको छ ।