Logo
Logo

सीमा विवाद वार्ताबाटै समाधान हुन्छ : मन्त्री ज्ञवाली


- दृष्टि न्युज/संवाददाता

0
Shares

पाल्पा, १० पुस । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतसँगको कालापानीको सीमा विवाद वार्ताबाटै समाधान हुुने बताएका छन् । पाल्पाको तानसेनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्तासँग भेटघाटमा उनले यस्तो बताएका हुन् । उनले दुई देशबीचको सीमा विवाद वार्ताबाट हल गर्न सरकार सक्षम रहेको बताए ।
पछिल्लो समय भारतले आफ्नो नयाँ राजनीति नक्सा सार्वजनिक गरेसँगै यसको नेपालमा चौतर्फी विरोध हुँदै आएको छ । नेपाल सरकारले समेत लिपुलेक, कालापानीलगायत मिचिएको जग्गा नेपालकै भएको बताइसकेको छ । यसैबेला मन्त्री ज्ञवालीले नेपाल–भारत सीमा विवाद वार्ताबाटै सामाधान हुने बताएका हुन् ।
साथै, मन्त्री ज्ञवालीले पार्टी एकता प्रक्रियाको आधारभूत काम सकिएको बताए । उनले पार्टी एकता प्रक्रियाका बाँकी काम पुस मसान्तसम्म सकिने पनि बताए । पार्टी एकताका सबै काम टुंगो लागेपछि पार्टी र सरकारका काम तीव्रगतिमा अघि बढ्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्