Logo
Logo

चिसोमा रुम्बाको न्यानो उपहार


- दृष्टि न्युज/संवाददाता

126
Shares

भक्तपुर, ११ पुस । बेवारिस अवस्थामा सडकमा रहेकाहरुलाई आश्रय दिने मानव कल्याण समाज सेवा घरमा युवा उद्यमी तथा समाजसेवी उषा रुम्बाले खाद्यान्नलगायत आवश्यक लत्ताकपडा सहयोग गरेकी छन् ।
भक्तपुरस्थित सेवा घरमा विभिन्न अवस्थाले पीडित ६० जनाले आश्रय लिइरहेका छन् । जसमा ५ जना बालबालिका रहेका छन् । उनीहरुलाई आवश्यक खाद्यन्न तथा न्यानो कपडा प्रदान गरिएको हो । कुनैपनि विदेशी सहयोग नलिने उक्त संस्थामा समाजसेवी रुम्बाले भनिन्, ‘म यो संस्थालाई निरन्तरता सहयोग गर्नेछु ।’
सेवा घरमा पुग्दा भावविह्वल बनेकी रुम्बा एक २६ वर्षीय सफल महिला उद्यमी हुन् । जाडोको मौसममा उक्त सामान र न्यानो कपडाले आश्रितलाई खुसी तुल्याएको भन्दै सेवा घरकी सेवीका सशीला चौलागाइँले धन्यवाद दिइन् । मानव कल्याण समाजले देशको विभिन्न स्थानबाट मनोरोगी तथा सडकमा बेवारिसे मानिसहरुलाई आश्रय दिँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्