Logo
Logo

नबिल बैंकलाई उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड


756
Shares

काठमाडौं । नबिल बैंक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट वार्षिक रुपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२२ बाट सम्मानित भएको छ । नबिलले बैंकिङ क्षेत्र तर्फको सिल्भर अवार्ड प्राप्त गरेको हो ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आर्थिक वर्ष २०२१/२२ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरेको हो ।

चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका तर्फबाट अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलाई अवार्ड हस्तान्तरण गरेका थिए ।

बैंकको वार्षिक प्रतिवेदन नेपालका तर्फबाट साउथ एसियन फेडेरेसन अफ एकाउन्ट्यान्टस् (साफा)ले दक्षिण एसियालीस्तरमा गर्ने साफा बीपीए अवार्डका लागि प्रतिस्पर्धा गर्न समेत मनोनित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्