काठमाडौं । अमेरिकाको नौसैनिकको नेतृत्वमा पहिलो पटक महिला अधिकारी नियुक्त भएका छन् । राष्ट्रपति जो बाइडेनले अमेरिकी नौसैनिकको प्रमुखमा ३८ वर्षीया लिसा फ्रान्चेट्टीलाई नियुक्त गरेका हुन् ।
राष्ट्रपति कार्यालयले उनको नियुक्तिबारे विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो । यद्यपि, उनको नियुक्तिलाई अमेरिकी संसद्ले स्वीकृति दिन बाँकी छ ।
लिसा दक्षिण कोरियास्थित अमेरिकी नौसैनिक बलको पूर्वप्रमुख पनि हुन् । उनले एयरक्राफ्ट कमान्डरका रूपमा पनि काम गरेका थिए ।
लिसाको नियुक्ति स्वीकृत भएमा वरिष्ठ सैन्य अधिकारीको समूहमा प्रवेश गर्ने उनी पहिलो महिला अधिकारी पनि हुनेछन् । उनी चारतारे एडमिरल दर्जा हासिल गर्ने दोस्रो महिला अधिकारी हुन् ।