काठमाडौं । सद्धार्थ बैंकले आफ्नो सेवासुविधालाई थप सहज र प्रविधिमैत्री बनाउने उद्देश्यले अनलाइनबाटै विदेशी मुद्रा सहटी सुविधा सञ्चालन गरेको छ । सस्तो टिकेटसँगको सहकार्यमा ल्याएको सुविधाअन्तर्गत बैंकका ग्राहकले सस्तो टिकेटमार्फत अनलाइन टिकेट खरिद गरिसकेपछि त्यही प्लेटफर्ममार्फत सजिलैसँग विदेशी मुद्रा सटहीका लागि माग गर्न सक्नेछन् ।
ग्राहकले माग गरेको विदेशी मुद्रा नगद अथवा कार्डका साथै बंैकका तोकिएका शाखामध्ये आफूलाई सहज हुने स्थानबाट सजिलै संकलन गर्न सकिने बताइएको छ । बंैकिङ समयभित्र सजिलैसँग विदेशी मुद्रा अथवा कार्ड संकलन गर्न सकिने भएकाले सटही सुविधाले ग्राहकको समयको समेत बचत हुने विश्वास बैंकको छ ।
विगत १७ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले हाल देशभर १ सय ७६ शाखा, १ सय १ शाखारहित बैंकिङ सेवा, १ सय ९७ एटिएम तथा १ हजार ६ सयभन्दा बढी पिओएस मेसिनमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।