काठमाडौं । माछापुच्छ्रे बैंकले ‘सर्टिफिकेट अफ मेरिट’अवार्ड प्राप्त गरेको छ । हरेक वर्ष नेपाल चार्टर्ड एकाउन्टेन्ट्सले प्रदान गर्ने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन (बिपिए) अवार्ड–२०२२ बाट माछापुच्छे बैंक सम्मानित भएको हो ।
बैंकले बैंकिङ क्षेत्रतर्फको ‘सर्टिफिकेट अफ मेरिट’अवार्ड प्राप्त गरेको हो । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले बैंकले तयार गरेको आर्थिक वर्ष २०२१/२२ को वार्षिक प्रतिवेदनमा समावेश गरिएका वित्तीय विवरणको प्रस्तुति, स्वीकृति, पारर्दशिता, विषयवस्तु र सुशासन लगायतका आधारमा उक्त अवार्ड प्रदान गरेको जनाएको छ ।
माछापुच्छ्रे बैंकले हाल देशका सातै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ सेवा, २०३ एटिएममार्फत् १४ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।