Logo
Logo

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र माया मेट्रो हस्पिटलबीच सेवामा छुट सम्झौता


567
Shares

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र माया मेट्रो हस्पिटल प्रालिबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका सुदूरपश्चिम प्रदेश प्रमुख सञ्जीव जोशी र माया मेट्रो हस्पिटलका अध्यक्ष धिरेन्द्र साउदले हस्ताक्षर गरेका छन् ।

यस सम्झौतापश्चात आइजीआई प्रुडेन्सियलका कर्मचारी, शेयरधनी तथा ग्राहकमहानुभावलाई माया मेट्रो हस्पिटल धनगढीमा प्राप्त हुने सेवाहरु जस्तै एक्सरे, युएसजी, इको्लगायतका सेवाहरुमा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त हुने हुनाले आइजीआई सम्पूर्ण कर्मचारी, लगानीकर्ता तथा ग्राहकले आवश्यकता अनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ ।

साथै सोही अवसरमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका सुदूरपश्चिम प्रदेश प्रमुख जोशीले माया मेट्रो हस्पिटलसँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकमहानुभावहरुलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट सहजरुपमा प्राप्त गर्न सक्ने जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्