Logo
Logo

चिसो बढ्दै, शनिबार उपत्यकाको तापक्रम ० दशमलव ६ डिग्री मापन


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १२ पुस । पुस महिनाको मध्यान्हसँगै देशभर चिसो बढेको छ । यस्तै, उपत्यकाको तापक्रम निरन्तर घट्दै गइरहेको छ । उपत्यकाको न्यूनतम तापक्रम शबिनार शून्य दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ । यो काठमाडौँ उपत्यकाको यस वर्ष मापन गरिएको सबैभन्दा कम तापक्रम हो ।
उपत्यकाको तापक्रम शुक्रबार १ दशमलव २ डिग्री सेल्सियस थियो । तापक्रम घटेर चिसो बढ्नु कुनै नयाँ प्रणालीको प्रभाव नभई मौसमी कारण भएको मौसमविद् शान्ति कँडेलले जनाएकी छन् । तापक्रम घटेसँगै उपत्यकामा बिहान र बेलुका बढी चिसो महसुस गरिएको छ ।
शनिबार दिउँसो उपत्यकाको तापक्रम १५ देखि १७ डिग्री सेल्सियससम्म हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चिसो बढेकाले मौसम पूर्वानुमान महाशाखाले आगमी २४ घण्टाको चेतावनी तथा परामर्श जारी तराईका भू–भागमा बिहानको समयमा बाक्लो हुस्सु÷कुहिरो रहेकाले राम्रोसँग घाम नलाग्ने भएकाले तापक्रममा गिरावट आई चिसो नै रहने भएकाले चिसोबाट बच्ने उपायहरु अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्