Logo
Logo

राष्ट्रसेवकलाई साल्ट ट्रेडिङको सम्मान


1k
Shares

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले हरेक वर्षजस्तै यस वर्ष पनि सार्वजनिक प्रशासन तथा व्यवस्थापनका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएबापत गोरक्षबहादुर न्हुच्छें प्रधान र भानुप्रसाद आचार्यलाई ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिएको छ ।

नेपाल जनप्रशासन गत संघले गत बुधबार ¥याडिसन होटलमा आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादवले प्रधानलाई २०७७ र आचार्यलाई २०७८ सालको सम्मान प्रदान गर्नुभयो । सम्मानको राशि जनही रु. दुई–दुई लाख रहेको छ ।

सम्मानित व्यक्तित्व प्रधानले करिब चार दशक सरकारी सेवामा बिताउनुभएको थियो । उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानलगायत निकायमा सेवा गर्नुभएको थियो । प्रधान उच्चस्तरीय प्रशासन सुधार अनुगमन समितिको प्रमुखको भूमिकामा पनि हुनुहुन्थ्यो ।

अर्का सम्मानित व्यक्तित्व आचार्यले महालेखापरीक्षक, महालेखा नियन्त्रक, अर्थसचिव, उद्योगसचिवलगायत भूमिका निर्वाह गरिसक्नु भएको छ । सम्मान छनोटका लागि पूर्वगभर्नर एवं पूर्वसचिव दीपेन्द्रपुरुष ढकालको संयोजकत्वमा संघका अध्यक्ष कृष्णहरि बाँस्कोटा, साल्ट ट्रेडिङ कर्पोरेसनका तत्कालीन अध्यक्ष कल्याणगोविन्द श्रेष्ठ, पूर्वसचिवद्वय पूर्णचन्द्र भट्टराई र यामकुमारी खतिवडा सदस्य हुनुहुन्थ्यो ।

हेमबहादुर मल्ल सम्मानबाट यसअघि केदारभक्त माथेमा, चाँदनी जोशी, डा. भगवान कोइराला, डा. विमल कोइराला, महावीर पुन, भोजराज पोखरेल, दमननाथ ढुंगाना, डा. सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, डा. देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा. सन्दुक रुइत, डा. गौरीशंकरलाल दास र सूर्यनाथ उपाध्याय सम्मानित भइसक्नुभएको छ । संघ र साल्ट ट्रेडिङ कर्पोरेसनको समझदारीमा ०५९ सालमा हेमबहादुर मल्ल सम्मान स्थापना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्