Logo
Logo

गृहमन्त्रीको नारायण प्रेम


41.8k
Shares

काठमाडौं । सरकारका हालका मन्त्रीमध्यै सबैभन्दा चर्चामा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ छन् । केही ठूला प्रकरण बाहिर ल्याउनेदेखि गृह मन्त्रालयमा संस्थागत सुधारका लागि उनले प्रयास गरिरहेका छन् ।

मन्त्री श्रेष्ठको आफ्नै कार्यशैली छ । उनी आफ्ना कोर टिममा मात्र विश्वास गर्छन् । निकटस्थहरुको टिम लिएर काम गर्ने शैली छ । त्यहीकारण मन्त्रालयमा विश्वासिला टिम बनाएका छन् ।

त्यसैका लागि उनले हालै सहसचिव नारायणप्रसाद भट्टराईलाई मन्त्रालयमा भित्राएका छन् । भट्टराई यातायात व्यवस्था विभागको महानिर्देशक दिए । भौतिक योजना मन्त्री हुँदा उनै श्रेष्ठले भट्टराईलाई विभागको महानिर्देशकमा पठाएका थिए । अहिले महानिर्देशकबाट हटाएर गृहमा ल्याइएको छ । गृहमा उनलाई शान्ति सुरक्षा महाशाखाका साथै प्रवक्ताको जिम्मेवारी दिन लागिएको स्रोत बताउँछ ।

भट्टराई गृहकै क्याडर हुन् । यसअघि उनी विभिन्न जिल्लाको सिडिओ हुनुका साथै अध्यागमन विभागको महानिर्देशक भएका थिए । गृहमन्त्री श्रेष्ठको गृहजिल्ला गोरखाको सिडिओ पनि भएका थिए । मन्त्री श्रेष्ठको विश्वासपात्र कर्मचारी भएकाले उनलाई गृहमा ल्याइएको बताइन्छ ।

शान्ति सुरक्षा महाशाखाका प्रमुख जितेन्द्र बस्नेत काठमाडौंको सिडिओ भएयता सो महाशाखा रिक्त छ । अर्का सहसचिव केदारनाथ शर्माले नै त्यो महाशाखा पनि हेर्दै आएका छन् । प्रवक्ताका रुपमा गृहमा भित्रिएका भट्टराई तुलनात्मक रुपमा निष्ठावान कर्मचारी मानिन्छन् ।

उता विवादास्पद सहसचिव भोजराज खतिवडा अवकाशको मुखमा निलम्बनमा परेका छन् । गत वर्ष दोलखाको सिडिओ हुँदा नै उनी चरम विवादमा परेका थिए । तर, पनि उनलाई सिराहाको सिडिओ बनाइएको थियो । विवादास्पद व्यक्तिलाई सिराहा पठाइएको खुलेपछि तत्कालिन गृहमन्त्री रवि लामिछानेले फिर्ता गराउन प्रयास गरेका थिए । तर,तत्कालिन सचिव विनोद सिंहको अडानका कारण खतिवडाको सरुवा रद्द भएन ।

गत महिना मात्र गृहले उनलाई खोटाङ खटाएको थियो । असोजमा अवकाश हुन लागेका कर्मचारीलाई यसरी सिडिओमै खटाएकोमा गृहमै धेरैले अनौठो मानेका थिए । पाँच वर्षअघि ओखलढुंगामा नक्कली बिल बनाएर भ्रष्टाचार गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि अवकाशको मुखमा उनी निलम्बनमा परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्