काठमाडौ । आज (बुधबार) सेयर कारोबारको सुरुवाती चरण (प्रि-ओपन सेसन) मा नेप्से सूचक ४.१४ अंकले बढेको छ ।
सोमबार र मंगलबार लगातार दुई दिन दोहोरो अंकले घटेको नेप्से आजको सुरुवाती कारोबारमा भने बढेको हो । यससँगै सूचक २१६८.४५ विन्दुमा आएको छ । ३ करोड ३२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
१७ कम्पनीको २९ सय ६५ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ३० पटक कारोबार भएको हो । १२ कम्पनीको भाउ बढ्दा ३ वटाको घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।