Logo
Logo

स्ट्यान्डर्ड चार्टर्ड बैंकद्धारा आँखा प्रतिष्ठानलाई ४८ लाख सहयोग


693
Shares

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले आँखाको रोग हटाउन आर्थिक सहयोग गरेको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले देशभर अन्धोपन, मोतिबिन्दु लगायत आँखा रोगको पहिचान र उपचार गर्न तिलगंगा आँखा प्रतिष्ठान र मित्र समाजलाई ४७ लाख ९० हजार ८६६ अनुदान दिएको हो ।

यो रकम पर्साको निचुटामा सामुदायिक आँखा केन्द्र (सीईसी) स्थापनामा प्रयोग गरिने बताइएको छ । परियोजनाले वृद्धवृद्धा, महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति र अपाङ्गता भएका व्यक्तिहरूको उपचार गर्ने बताइएको छ ।

मित्र समाजलाई दिएको सहायता अन्धो हुने रोगहरू पहिचान गर्ने उद्देश्यले मोतियाबिन्दु अन्धोपन निवारण परियोजनामा प्रयोग गरिने बताइएको छ ।

चेक हस्तान्तरण कार्यक्रममा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका कर्पोरेट अफेयर्स, ब्रान्ड एन्ड मार्केटिङ प्रमुख हर्ष पिल्लै, तिलगंगा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत रिता गुरुङ र मित्र समाजका कार्यकारी निर्देशक विवेक सिंह ठकुरीको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्