Logo
Logo

आईएमई लाईफ इन्स्योरेन्सद्वारा घातक रोगबापत विमितलाई २० लाख हस्तान्तरण


4.7k
Shares

काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्स इलामले घातक रोगबापत २० लाख रुपैयाँ विमितलाई हस्तान्तरण गरेको छ । दुवै मृर्गौला फेल भएका इलाम नगरपालिका ५ निबासी सुरेन्द्र राईलाई सो रकम प्रदान गरेको हो ।

इलाम सदरमुकाममा एक कार्यक्रम आयोजना गरी कम्पनीले विरामी राईका पत्नी सवित्रा गुरुङलाई चेकमार्फत रकम हस्तान्तरण गरेको हो । २० लाख रकमको नियमानुसार करकट्टी गरी नगद १९ लाख ४ सय ७० रुपैयाँको चेक विमितको अनुपस्थितिमा परिवारले रकम लिएका थिए ।

घातक रोगबाट ग्रसित राई हाल उपचारको क्रममा झापाको ओम साई पाथीभरा अस्पताल भद्रपुरमा उपचारथ छन् । उनी हाल क्रोनिक किड्नी डिजिजेज स्टेज फाईभसँग लडिरहेका छन् । विरामी र परिवारलाई भने इन्स्योरेन्सबाट रकम प्राप्त भएपछि मलमपट्टी भएको भन्दै खुशी व्यक्त गरेका छन् ।

विरामी राई वैदेशिक रोजगारको क्रममा विगत केही वर्षअघि दक्षिण कोरिया गएका थिए । उनले २ वर्षअघि कम्पनीमा इन्स्योरेन्स गरेका थिए । उनले हालसम्म विमांकको दुई किस्ता मात्र जम्मा गरेका थिए । दुई किस्तामा एक लाख ७० हजार ७ सय ३३ रुपैयाँ कम्पनीलाई बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्