Logo
Logo

भ्रमण वर्ष २०२० को प्रवद्र्धनात्मक सन्देशसहितको लोगो अनावरण


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा नेपाल चेम्बर अफ कमर्सद्धारा आयोजित प्रबद्र्धनात्मक कार्यक्रमअन्तर्गत आज चेम्बर भवन कान्तिपथमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले करीब ३० फिट चौडाइ तथा ३० फिट लम्बाइको प्रवद्र्धनात्मक सन्देशसहितको भ्रमण वर्ष २०२० को लोगो सहितको आकृतीको प्रतिनिधिमूलक संस्था नेपाल चेम्बर अफ कमर्समा अनावरण गरे ।

उनले यस्ता प्रबद्र्धनात्मक कार्यहरुको प्रचार प्रसार निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल चेम्बर अफ कमर्सले गरेबाट अन्य संस्थाहरुमा समेत यस कार्यबाट उत्प्रेरणा मिल्ने बताए । सो अवसरमा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै निजी क्षेत्रले स्वफूर्त प्रबद्र्धनात्मक कार्यमा चेम्बरले मुख्य व्यापारीक एंव काठमाडौंको केन्द्रमा भ्रमण वर्ष २०२० को लोगो सहितको प्रबद्र्धनात्मक सामाग्रीको प्रचार प्रसार गर्न पाएकोमा चेम्बर आफू गौरवाम्वित महशूश गर्दै यस्ता पर्यटन प्रबद्र्धनात्मक क्रियाकलापहरु चेम्बरले विगत देखि गर्दै आइरहेको स्मरण समेत गरे । भविष्यमा समेत पर्यटन प्रबद्र्धन र भ्रमण वर्ष २०२० सफल पार्न चेम्बरबाट आवश्यक सहयोग रहने दृढता समेत व्यक्त गरे ।

सो अवसरमा भ्रमण वर्ष २०२० आयोजक समितिका संयोजक सुरज बैद्यले सरकारी निजी क्षेत्रको सहकार्यको रुपमा यस्ता प्रबद्र्धनात्मक कार्यहरुको भ्रमण वर्ष २०२० पूर्णत सफल, प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गदै यस्तै क्रियाकलाप चेम्बर लगायत निजी क्षेत्रका अन्य संघ संस्था एंव देश व्यापी रुपमा र अन्तराष्ट्रिय जगतमा समेत भैरहेको र आगामी दिनमा समेत हुने विश्वास र अपेक्षा व्यक्त गर्दै चेम्बरलाई यस सहहनीय कार्यको लागि आयोजक समितीको तर्फबाट हार्दिक धन्यवाद दिर्दै आउदा दिनहरुमा समेत पर्यटन, आकर्षित गर्न, पूर्वाधार निर्माण गर्न पर्यटकको नेपाल बसाई सुखद पार्न समेत चेम्बरको सहयोग सद्भाव अपेक्षा समेत राखे ।

चेम्बरको पर्यटन कमिटीका सभापति तथा चेम्बरका का.स. अर्जुन शर्माले यस किसिमको कार्यले मुलुकले परिलक्षित गरेको २० लाख पर्यटकका साथै स्तरीय पर्यटक भित्र्याउन प्रचार प्रसारको सशक्त माध्यम हुने बताए ।

सो अवसरमा नेपाल सरकारका सम्बद्ध निकायका उच्च अधिकारीहरु, नेपाल पर्यटन बोर्ड, पर्यटनसँग सम्बद्ध निजी क्षेत्रका संस्थाहरु, का.स. सदस्य, महिला चेम्बर, युथ चेम्बर, चेम्बर पर्यटन समितिका सदस्यहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्