Logo
Logo

वर्षमान जोडिएपछि सुनिल शर्मा युटर्न


67.4k
Shares

काठमाडौं । सुन तस्करी प्रकरणमा सत्तारुढ दलकै कतिपय सांसदले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेको अनौठो दृश्य यतिबेला नेपालको राजनीतिमा देखिएको छ । कांग्रेस सांसद सुनिल शर्माले त अर्थमन्त्रीले राजीनामा नदिए कफन बाँधेर संसद् छिर्नेदेखि अनसन बस्नेसम्म्का धम्की दिएका छन् । डा. महतले उनका व्यक्तिगत स्वार्थअनुसार निर्णय नगरिदिएपछि उनले यसरी धम्की दिएको बताइन्छ ।

तर, केही दिनयता शर्मा यो प्रकरणमा यूटर्न भएका छन् । किनकि उनका प्रियमा माओवादी नेता वर्षमान पुन सुन तस्करीमा मुछिएका छन् । शनिबार पक्राउ परेका चिनियाँ मुलुका बेल्जियमका नागरिक दावा छिरिङसँग वर्षमानको दोस्ती देखिएको छ । जसकारण सुनिल शर्माको स्वर यो विषयमा मत्थर हुँदै गएको छ ।

विगतमा मोरङमा लगेर वर्षमानलाई चुनाव लडाउने चर्चा शर्माको भूमिका थियो । स्रोतका अनुसार दुई जना व्यापारिक साझेदार समेत हुन् । वर्षमानको मोटो रकम शर्माले मेडिकल कलेजमा लगानी गरेका छन् । फरक पार्टीका भएपनि उनीहरुबीच घनिष्टता छ । उनै पुनमाथि सुन तस्करीमा छानबिनको माग हुन थालेपछि शर्माको मुख बन्द भएको छ ।

त्यसो त यो प्रकरणसँगै शर्माको शैक्षिक प्रमाणपत्र पनि छानबिनको माग उठेको छ । उनले एमबिबिएस पढ्न आइएको नक्कली सर्टिफिकेट बनाएका थिए । उनले आइएस्सीमा कम नम्बर ल्याएपछि नक्कली सर्टिफिकेट बनाएर एमबिबिएस पढेका हुन् । जून विषयमा सिआइबीले छानबिन गरेपनि दबाबकै कारण मुद्दा दायर रोकिएको थियो । यो प्रकरणले पनि शर्मा पछिल्लो समय चुपचाप बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्