Logo
Logo

प्रभु बैंक र भिजी इम्पेक्सबीच इलेक्ट्रिक भेहिकलको लागि कर्जा दिने सम्झौता


630
Shares

काठमाडौं । प्रभु बैंक लिमिटेड र भिजी इम्पेक्स प्रालिबीच विद्युतीय सवारीसाधनमा कर्जा लगानीसम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र भिजी इम्पेक्स प्रालिका तर्फबाट उपाध्यक्ष रुपेश शर्मा भट्टले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंक र भिजी इम्पेक्सबीच सम्पन्न उक्त सम्झौताअनुसार भिजी इम्पेक्सबाट आयात गरिएको इलेक्ट्रिक भेहिकल, इच्छुक ग्राहकले खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारीसाधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ ।

हाल बैंकको देशभर रहेको ३०१ शाखाबाट नै कर्जा सुबिधा उपलब्ध हुने बैंकले जनाएको छ । यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणीय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्