Logo
Logo

चीनमा अनिलालाई ‘मिसेज लोयल युनिभर्स’ उपाधि


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १६ पुस । चीनको ग्वान्जोमा आयोजित ‘मिसेस युनिभर्स–२०१९’मा नेपालको प्रतिनिधि गरेकी अनिला श्रेष्ठले दुई उपाधि जित्न सफल भएकी छन् । उनले प्रतियोगीतामा सेमिफाइनलिष्ट र मिसेज लोयलको उपाधि हात परेकी हुन् ।
सोमबार अर्थात ३० डिसेम्बरमा ग्वान्जो नान्सा जिम्नाजियममा सम्पन्न यो प्रतियोगिता ‘मिसेस युनिभर्स’ ४२औँ संस्करण हो । प्रतियोगिता ९० देशका विवाहिता महिला सुन्दरीको सहभागीता थियो । उनलाई ईप्लानेट प्रा.लिले ‘मिसेस् नेपाल युनिभर्स–२०१९’ उपाधिका साथ उक्त प्रतियोगितामा पठाएको थियो । प्रतियोगितामा शीर्ष उपाधि भने म्यानमारले जितेको छ ।
आफुलाई फेसन कोरियोग्राफरका रुपमा स्थापित गर्न सफल अनिला श्रेष्ठ २००५ देखि प्याजेन्ट क्षेत्रमा उदाएकी थिइन् । ग्रीन आर्टस् मिडियाका कार्यक्रम निर्देशक र कोरियोग्राफर समेत रहेकी अनिला हेरिटेज प्याजेन्टस् र मिस ईको इन्टरनेसनलका लागि नेपालका नेसनल डारेक्टर समेत हुन् । एक दशकभन्दा लामो समय प्याजेन्ट क्षेत्रमा बिताइसकेकी अनिलाले थुप्रै सौन्दर्य प्रतियोगिताहरुमा कोरियोग्राफरका रुपमा काम गरिसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्