Logo
Logo

दरबारमार्ग र जनसेवा वृत्तका डिएसपी फेरिए


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं, १६ पुस
प्रहरी प्रधान कार्यालयले मंगलबार ७७ जना जना नायब उपरीक्षक(डिएसपी)को सरुवा गरेको छ । सरुवामा ६ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । सरुवाअनुसार रसुवामा इन्द्र सुवेदी, म्याग्दीमा किरणजंग कुँवर, जाजरकोटमा किशोर श्रेष्ठ, पूर्वी रुकुममा गजुसिद्धी बज्राचार्य, पश्चिम रुकुममा ठगबहादुर केसी, रामेछापमा बसन्त पाठकलाई पठाइएको छ ।


त्यस्तै, उपत्यकाका दुई वृत्त तथा विभिन्न इलाका प्रहरी कार्यालका इन्चार्जहरु समेत फेरिएका छन् । महानगरीय दरबारमार्ग वृत्तको प्रमुखमा रञ्जन कुमार दाहाल तथा जनसेवा वृत्तमा सुनिलजंग शाहलाई पठाइएको छ । कास्कीको वडा प्रहरी कार्यालय बैदाममा यादब ढकालको सरुवा भएको छ । बैदामका लागि ठूलै पावर चल्ने गर्दछ । इलाका प्रहरी कार्यालय कोहलपुरमा हुँदा पटक पटक विवादमा परेका हेमबहादुर शाहीलाई इप्रका चन्द्रनिगाहपुरमा पठाइएको छ । कोहलपुरमा कुलदीप चन्दको सरुवा भएको छ । त्यस्तै इप्रका अनारमणिमा मुकुन्द रिजाल, इप्रका टाँडीमा रबिन कार्की, बर्दिबासमा राजन चापागाईलाई सरुवा गरिएको छ । धेरै जसाको एक वर्षको अवधि नपुगी सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस्