Logo
Logo

नयाँ वर्षमा दरबारमार्गको डान्सबारमा युवती प्रयोग गरेर लुटपाट, चार जना पक्राउ


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १६ पुस ।
काठमाडौंको डान्सबारहरुमा लुटपाट धन्दा रोकिएको छ ।
हात्तिसारस्थित फोकस डान्सबारमा नयाँ वर्षको पूर्व सन्ध्यामा विदेशीहरु लुटिएका छन् । भारत उत्तर खण्ड घर भएका गणेश सिंह बगडवाल लगायत ७ जनाको साथमा भएको ९० हजार भारतीय रुपैयाँ लुटपाट गरेको अभियोगमा ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेहरुमा सोही डान्सबारमा काम गर्ने ललितपुर भैंसेपाटी डेरा गरी बस्ने नुवाकोट त्रिशुली घर भएका २४ वर्षीय सनिगरु आचार्य, गोरखा घर भएका १९ वर्षीय सनिल मग्रराती, गोरखा घर भएका ३१ वर्षीय शिव थापा र मोरङ घर भएका १९ वर्षीय अभिषेक राई रहेका छन् । महानगरीय प्रहरी वृत्त दरवारमार्गबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
साथै उक्त डान्सबारको काउन्टरबाट १ लाख ५८ हजार ८ सय ३० भारतीय रुपैयाँ र २६ हाजर ९ सय २० नेपाली रुपैयाँ समेत प्रहरीले अनुसन्धानका लागि बरामद गरेको छ ।
राजधानीमा युवती प्रयोग गरेर विदेशी लुट्ने समूह नै सक्रिय छ । यस्ता समूहले प्रहरीमा समेत सेटिङ मिलाउने गरेका छन् । डान्सबारमा युवतीसँग नजिकाउने र बलात्कार गर्न खोजेको भन्दै फसाउने भन्दै उनीहरुले लुट्ने गरेका छन् । दुई महिनाअघि पक्राउ परेको यस्तो समूह सोह्रखुट्टे प्रहरीसँग सेटिङ मिलाएर छुटेको थियो ।

प्रतिक्रिया दिनुहोस्