Logo
Logo

न्यूरोडको फोटो कन्सर्नमा नक्कली लाइसेन्सको धन्दा ? चार जना पक्राउ


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाण्डौ, १६ पुस ।
महानगरीय अपराध महाशाखा टेकु र ट्राफिक महाशाखा रामशाहपथबाट खटिएको प्रहरी टोलीले नक्कली सवारी चालक अनुमती पत्र बनाउने ४ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले यही १५ गते नौ बजे काठमाण्डौ महानगरपालिका–२२ न्युरोड पिपलबोटमा रहेको फोटो कन्सर्नसमा खानतलासी गर्दा नक्कली स्मार्ट कार्ड र अन्य परिचयपत्र बनाउने चावहील बस्ने अनन्ता गुरूङ, लाजिम्पाट बस्ने कुमार तण्डुकार, अनामनगर बस्ने अशोक कार्की र कोटेश्वर बस्ने मोहन यादवलाई पक्राउ गरेको छ । यसै गरी नक्कली कार्ड बनाउन आउने कुलेश्वरका सुवास रोक्का र सर्लाहीका दिपक ब्लोन समेतलाई पक्राउ गरेको छ । फोटो स्टुडियोमा उनीहरुले सक्कली जस्तै देखिने नक्कली लाइसेन्स प्रिन्ट गर्दै आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्