Logo
Logo

चिसो बढ्दै, हिमपात र वर्षाको सम्भावना


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १६ पुस । चिसो झनै बढ्दै गएको छ । मौसम पूर्वानुमान महाशाखाले आज बुधबार देशका केही स्थानमा हिमपात र हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाले जारी गरेको सूचनाका अनुसार देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का र मध्यम खालको हिमपात र पहाडी जिल्लामा वर्षा हुनेछ ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परेकाले देशभरी नै आंशिक तथा सामान्य बदली हुने महाशाखाले जनाएको छ । यस्तै, राति देशभर सामान्य बदली हुनेछ भने रातको समयमा उच्च पहाडी र हिमाली क्षेत्रमा सामान्य हिमपात हुनसक्ने र तराईका केही स्थानमा हल्का वर्षा हुन सक्ने पूर्वानुमान महाशाखाले जनाएको छ । तराई क्षेत्रमा बाक्लो कुहिरोका कारण चिसो बढेको छ । साथै, महाशाखाले चिसोबाट बच्न सर्तकता अपनाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्