काठमाडौं । हिमालयन बैंकको नाफा ३७९६ प्रतिशत बढेको छ । बैंकले आर्थिक वर्ष २०७९र८० को असार मसान्तसम्म ३७९६ प्रतिशत अर्थात तीन अर्ब २६ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले दुई अर्ब ३६ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी तथा सञ्चालन मुनाफा उलेख्य मात्रामा बढेकाले नाफा वृद्धिमा सहयोग पुगेको देखिन्छ ।
बैंकको खुद ब्याज आम्दानी १००.९५ प्रतिशत बढेको छ । खुद फी तथा कमिसन आम्दानी ५.४४ प्रतिशतले बढेको छ । बैंकले गएको वर्ष नौ अर्ब ९३ करोड ३४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
खुद फी तथा कमिसनबाट बैंकले ९६ करोड ३३ लाख रुपैयाँ आर्जन गरेको छ । बैंकलाई उक्त अवधिमा पाँच अर्ब ४९ करोड ११ लाख रुपैयाँ सञ्चालन मुनाफा भएको छ ।
गएको आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा ७१ करोड १४ लाख रुपैयाँ ऋणात्मक छ । अघिल्लो वर्ष यस्तो नाफा दुई अर्ब ५६ करोड ७७ लाख रुपैयाँ थियो ।
बैंकको निक्षेप ६३.४७ प्रतिशतले बढेको छ । कर्जा लगानी ५६.४२ प्रतिशतले बढेको छ । त्यस्तै बैंकले दुई खर्ब ७५ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । दुई खर्ब ३० अर्ब १२ करो रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ छ भने जगेडा कोषमा १४ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ रहेको छ ।