Logo
Logo

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ४२९ करोड


1.5k
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब २९ करोेड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले २०८० असार मसान्त अवधिमा अघिल्लो आवको सोही अवधिको तुलनामा १३.१९ प्रतिशतले नाफा वृद्धि गरेर ४ अर्ब २९ करोड रुपैयाँ पुर्याएको हो ।

२०७९ असार मसान्तसम्ममा बैंकको त्यस्तो नाफा ३ अर्ब ७९ करोड रुपैयाँ थियो । मेगा बैंकसँग मर्ज भएपछि बैंकले आफ्नो नाफा ४ अर्ब २९ करोड कायम गरेको हो ।

नेपाल इन्भेष्टमेन्ट मेगाले गत आर्थिक वर्षमा २ अर्ब ६० करोड रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ । बैंकले लोन लस प्रोभिजनका लागि २ अर्ब ४४ करोड रुपैयाँ छुट्याएको देखिन्छ ।

बैंकले २०८० असार मसान्तसम्ममा ३ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ३ खर्ब ३ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्दा १२ अर्ब २७ करोड रुपैयाँ ब्याज आम्दानी गर्न सफल भएको छ । ३४ अर्ब १२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २३ अर्ब ८९ करोड रुपैयाँ छ ।

बैंकको प्रति सेयर आम्दानी १६.०७ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १७०.४८ रुपैयाँ रहेको छ । मेगा बैंक मर्जरका कारण बैंकको खराब कर्जा भने ४.३५ प्रतिशत पुगेको छ, जुन २०७९ असार मसान्तमा जम्मा १.४९ प्रतिशतमात्रै थियो ।

बैंकको कस्ट अफ फण्ड ७.७१ प्रतिशत छ भने आधार ब्याजदर ९.३६ प्रतिशत छ । बैंकको सीडी रेसियो ८५.०५ प्रतिशत कायम छ ।

प्रतिक्रिया दिनुहोस्