Logo
Logo

कुमारी बैंकको २१औं शाखारहित बैंकिङ छोम्रोंगमा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । कुमारी बैंक लिमिटेडले अन्नपूर्ण– ११, छोम्रोंग, कास्कीबाट शाखा रहित बैंकिङ सेवा सुरु गरेको छ । तमु ल्होसारको अवसरमा उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङबाट सम्पन्न भएको हो । उद्घघाटन समारोहमा शाखा रहित बैंकिङ सेवाका अभिकर्ता मिकाश गुरुङ, गण्डकी प्रदेशसभा सदस्य राजिव पहारी, अन्य अधिकारीहरु तथा स्थानीय वासिन्दा एवं व्यवसायिक प्रतिनिधिहरूको उपस्थिती रहेको थियो ।

कास्की जिल्लामा ३ शाखाहरु पोखरा, लेकसाइड तथा बिरौटा शाखामार्फत बैंकिङ सेवा प्रदान गरिरहेको यस बैंकले ग्राहकको माग तथा आसन्न नेपाल भ्रमण वर्ष २०२० लाई ध्यानमा राखी उल्लेखित स्थानमा शाखा रहित बैंकिङ सेवा सुरु गरेको बिरौटा शाखाका शाखा प्रबन्धक महेश ढुंगानाले बताउनुभएको छ । बैंकले यो भन्दा अगाडि नै अन्नपूर्ण बेसक्याम्प भ्रमण गर्ने पर्यटकको सुविधालाई मध्यनजर गर्दै सो क्षेत्रका विभिन्न होटेलमा १५ थान पीओएस÷पीओएस मेसिन पनि जडान गरिसकेको छ ।

विगत १९ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिदैँ आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका ११९ शाखा संजाल, ११५ एटिएम्, ५ एक्सटेन्सन काउन्टर तथा २१ शाखारहित बैंकिङ ईकाईहरुमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु आगामी दिनहरुमा पनि पुर्याउँदै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्