Logo
Logo

एटो ३ को ‘एडभान्स्ड भेरियन्ट’ डेलिभरी आजबाट


630
Shares

काठमाडौं । बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले एटो थ्रीको एड्भान्स भेरियन्ट आजबाट डेलिभरी गर्दैछ ।

आइतबार ४५ युनिट गाडी काठमाडौं भित्र्याएको साइमेक्स इंकले आज सोमबारदेखि ५० किलोवाट आवर (युनिट) ब्याट्री भएको ५६ लाख पर्ने भेरियन्टको एटो–३ डेलिभरी गर्ने भएको हो । यो गाडीको डेलिभरीका लागि कम्पनीले सुरुको लटमा ४५ युनिट ल्याएको हो ।

अहिले बुकिङ लिइरहेको एड्भान्स भेरियन्ट एटो थ्रीको सबैभन्दा कम मूल्यमा पाइने एसयूभी हो । कम्पनीले यसको मूल्य यसअघि बिक्री गर्दै आएको ६० किलोवाट आवरको ब्याट्री र १०० किलोवाट क्षमताको मोटर रहेको भेरियन्टको तुलनामा एड्भान्स भेरियन्टको मूल्य झण्डै १० लाख रुपैयाँ कम तोकेर बुकिङ खुलाएको हो ।

पछिल्लो पटक खुब चर्चा कमाएको बीवाइडी एटो–३ को मूल्य ५५ लाख ९९ हजार रुपैयाँ तोकेसँगै यसमा ग्राहकले खुब रुची देखाएका छन् । मूल्यमा झण्डै १० लाख रुपैयाँ फरक भएपनि फिचरमा भने धेरै भिन्नता नरहेको कम्पनीले जनाएको छ ।

एटो–३ को एड्भान्स भेरियन्टमा बायरलेस चार्जर छैन । अटोमेटीक वान टच टेलगेट पनि नयाँ भेरियन्टमा छैन । यसको प्रयोगले एउटा वटमलाई एक पटक थिच्दा अटोमेटीक टेलगेट ९डिक्की० बन्द गर्न सकिन्छ । तर, यो फिचरलाई खासै धेरै महत्वपूर्ण मानिदैन ।

एड्भान्स भेरियन्टमा ५० किलोवाट आवरको ब्याट्री छ । यसले सिंगल चार्जमा ३४५ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । कम्पनीका अनुासार यसले ७० किलोवाट क्षमताको डिसी फास्ट चार्जर सर्पोट गर्छ ।

यसमा १७ इन्चको ह्वील, ६ वटा स्पीकार, सिंगल कलर एम्बीयन्ट लाइट पाउन सकिन्छ । यसका अलावा सबै फिचर सुपेरियर भरियन्टमा भएका नै एड्भान्स भेरियन्टमा पाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्