Logo
Logo

हत्या आरोपमा बालकलाई जन्मकैद फैसला


- दृष्टि न्युज/संवाददाता

0
Shares

सिन्धुली, १७ पुस । सिन्धुलीमा एक १५ वर्षीय बालकलाई जन्मकैदको फैसला सुनाइएको छ । जिल्ला अदालत सिन्धुलीले गाउँपालिका–१ आहालेकी १३ वर्षीया छलिमाया मोक्तानको हत्यामा संलग्न बालकलाई जन्मकैदको फैसला सुनाएको हो । उनलाई जन्मकैद हुने र नाबालक देखिएकाले जन्मकैदको आधा १४ वर्ष १० महिना सात दिन कैद हुने फैसला अदालतले गरेको छ ।
जिल्ला न्यायाधीश किरणप्रसाद सिवाकोटीको एकल इजलासले उक्त फैसला गरेको हो । छलिमायासँग यौनप्रस्ताव राख्दा अस्वीकार गरपछि बालकले असोज २ गते हत्या गरेका थिए । बालिकाको घर नजिकैको जंगलमा रहेको खोल्सामा बालिकाको हत्या भएको थियो ।
छलिमायाको शव असोज ३ गते घाँटी निमोठी, घाँटी थिची हत्या गरिएको अवस्थामा फेला परेको थियो । छलिमायाको हत्या अभियोगमा बालकलाई असोज ४ गते मरिणको कपिलाकोटबाट प्रहरीले पक्राउ गरेको थियो ।
बालकलाई गत असोज ५ गते सिन्धुली जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले थप अनुसन्धान गरेकोमा असोज १० गते अदालतले पुर्पक्षका लागि बाल सुधारगृह सानोठिमी भक्तपुरमा राख्न आदेश दिएको थियो । बालक १८ वर्ष पूरा नभएसम्म बाल सुधारगृह सानोठिमीमै रहने र त्यसपछि कारागारमा कैद भुक्तान गर्ने सिवाकोटीले बताए ।

प्रतिक्रिया दिनुहोस्