काठमाडौं । खोटाङ कलाकार समाजको आयोजना तथा खोटाङ सेवा समाज यूकेको सह-आयोजनामा संचालित ‘खोटाङ प्रतिभा– २०८०’ को फाइनल साउन २९ गते हुने भएको छ । २० जना प्रतिस्पर्धी रहेको उक्त कार्यक्रम राष्ट्रीय नाचघर जमल, काठमाडौमा हुने आयोजकले जनाएको छ।
खोटाङ कलाकार समाजले “पालिका प्रतिभा २०८०” कार्यक्रम गत बैशाख ५ गतेदेखि १९ गतेसम्म खोटाङको सम्पूर्ण गाउँपालिका र नगरपालिकामा सम्पन्न गरि गायन र नृत्य बिधाबाट प्रत्येक गाउँपालिका र नगरपालिकाबाट एक(एक जना गरि जम्मा २० जना उत्कृष्ट प्रतियोगीले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।
कार्यक्रम दिउँसो १ बजेदेखि सुरु हुने र प्रवेश निशुल्क रहेको खोटाङ कलाकार समाजका सदस्य तथा खोटाङ प्रतिभा २०८० कार्यक्रमका प्रचार प्रसार प्रमुख भरत लिमेल मगरले जानकारी दिए । २० जना उत्कृष्टहरुलाई रेडियो नेपाल ,नेपाल टेलिभिजन तथा क्पथ ध्बपि त्यधभच साङ्गितिक भ्रमण गराइएको भरत लिमेलले जानकारी दिए ।
त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको सम्पदा सरसफाई कार्यक्रम अन्तरर्गत गत शनिबार पशुपतिश नाथ परिसर सरसफाइ कार्यक्रममा प्रतिस्पर्धीहरु सहभागी भएको उनले जानकारी दिए ।