Logo
Logo

मतदानमार्फत जनप्रतिनिधिको मूल्यांकन गर्दै जनमत पार्टी


1k
Shares

जनकपुरधाम । जनमत पार्टीले स्थानीय तहमा निर्वाचित आफ्ना जनप्रतिनिधिहरुको काम कारवाहीको मूल्यांकन गर्न मतदान कार्यक्रम आयोजना गरेको छ ।

जनप्रतिनिधिको एप्रुभल रेटिङ्ग (जनमत संकलन)का लागि विभिन्न स्थानीय तहमा आज मतदान भइरहेको पार्टीका सचिव बीपी साहले जानकारी दिए । उनका अनुसार २२ स्थानमा विहान ९ बजेदेखि मतदान जारी छ ।

‘राइट टु रिकल’ अन्तर्गत निर्वाचित जनप्रतिनिधिहरु जनताको चाहना अनुसार काम गरेको र नगरेको मूल्यांकनका लागि पहिलो पटक मतदान हुन लागेको सचिव साहले बताए ।

एप्रुभल रेटिङ्गको मतदानका लागि जनमत पार्टी केन्द्रीय समितिले २६ जना निर्वाचन अधिकारी खटाइएको छ । निर्वाचनमा सम्बन्धित वडाका पार्टी सदस्यलाई मतदाता कायम गरिएको छ ‌।

स्थानीय जनप्रतिनिधिहरुको मतदान गराएर मूल्यांकन गराउने अभ्यास नेपालमै पहिलो पटक हुन लागेको जनमत पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्