Logo
Logo

लोकन्थलीबाट १० जुवाडे पक्राउ


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १८ पुस ।
मध्यपुर ठिमी नगरपालिका १ लोकन्थलीस्थित बा.२ ख ६२०५ नम्बरको बसभित्र जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् ।

जडीबुटी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ६ घर भएका ३० वर्षीय गोपी कुंवर लगायत १० जनालाई नगद १ लाख ६३ हजार ४ सय १५ रुपैयाँ र २ बुक तास सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्