काठमाडौं, १८ पुस । पछिल्लो समय नेपाली फिल्म बन्नेक्रम तिव्र छ । यसै भिडमा प्रदीप पाठक (नक्कली प्रचण्ड)ले निर्देशनमा फिल्म ‘ठुलो माछा’ छायाँङ्कन भइरहेको छ ।
काठमाडौं, भत्तपुर र काभ्रेमा छायाँकन सकिएको छ भने केही दृश्य खिच्न बाँकी रहेको निर्देशक पाठकले बताए । उनले भने, अब केही दृश्य मात्र खिच्न बाँकी छ ।’ निर्देशक प्रचण्डका अनुसार फिल्मको ९० प्रतिशत काम समाप्त भइसकेको छ ।
कमेडी फिल्म भनिएको ‘ठुलो माछा’मा नेपाली टेलिफिल्मका नाम चलेका कलाकारले अभिनय गरेका छन् । फिल्ममा महादेव त्रिपाठी, एलिना बास्कोटा, सारदा गिरी (कालीवुढी), उत्तम केसी, प्रदीप पाठक (नक्कली प्रचण्ड¬), लक्ष्मी गिरीलगायतका कलाकारको भुमिका रहेको छ । ह्याप्पी पाठक इन्टरटेन्मेन्टको ब्यानरबाट निर्मित ‘ठुलो माछा’मा पाठकले लगानी हुन् ।
फिल्मले समसामयिक घटनालाई कमेडी रुपमा पर्दामा उतार्न लागिएको निर्माणपक्षले जानकारी दिएको छ । फिल्मलाई दर्शकले फागुन अन्तिम साता हेर्न पाउने निर्देशक प्रचण्डले बताएका छन् ।