Logo
Logo

गठबन्धन छाड्ने उपेन्द्र यादवको चेतावनी


9.9k
Shares

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले गौर हत्याकाण्डमा आफूलाई निशाना बनाए गठबन्धन छाड्ने चेतावनी दिएका छन् ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा जसपाले गौर हत्याकाण्डबारे छानबिन भए आफूहरु सरकार र गठबन्धन छाड्ने चेतावनी दिएको हो ।

जसपाले गौर हत्याकाण्डमा आफूलाई निशाना बनाए गठबन्धन छोड्ने चेतावनी दिएको नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बताए ।

पाण्डेले भने,‘गौर हत्याकाण्डका बारेमा उठ्यो । जसपाका साथीहरूले हामीलाई गठबन्धनमा यसरी नै टार्गेट गरिरहने हो भने गठबन्धनमा रहने, नरहने सोच्नुपर्छ भन्नेखालको शंकास्पद कुरा व्यक्त भएको छ । कानूनसम्मत ढंगले टुंग्याउने कुरा भएको छ ।’

प्रतिक्रिया दिनुहोस्