Logo
Logo

हिलारी क्लिन्टन बनिन् बेलायती विश्वविद्यालयको पहिलो महिला चान्सलर


- दृष्टि न्युज/संवाददाता

0
Shares

लण्डन, १८ पुस (एजेन्सी) । सन् २०१६ मा अमेरिकामा राष्ट्रपतिका लागि उम्मेदवार रहेकी हिलारी क्लिन्टन बेलायती विश्वविद्यालयको चान्सलरमा नियुक्त भएकी छन् ।
बेलायतको ‘क्विन्स युनिभर्सिटी बेलफास्ट’ले बिहीबार उनलाई नयाँ चान्सलरमा नियुक्त गरेका हो । सो विश्वविद्यालयले सन् २०१८ को अक्टोबरमा क्लिनटनलाई मानार्थ विद्यावारिधिको उपाधि पनि दिएको थियो ।
क्लिन्टन सो विश्वविद्यालयकी पहिलो महिला चान्सलर भएकी छन् । संवैधानिक पद मानिने चान्सलरको रुपमा क्लिन्टनले मुख्य तीन ओटा भूमिका खेल्नुपर्ने विश्वविद्यालयले जनाएको छ । स्नातकोत्तर सभाको अध्यक्षता गर्ने, विश्वविद्यालयको दूतका रुप रहने र सल्लाहकारको भूमिका खेल्ने गरी मुख्य तीन भूमिका हुने अधिकारीहरुको भनाई छ ।
चान्सलरले विश्वविद्यालयको उच्च तहको व्यवस्थापनलाई मार्गदर्शन तथा परामर्श दिने प्रचलन रहेको छ । अहिले नियुक्त भएको चान्सलरको जिम्मेवारी उनको यही जनवरीदेखि सुरु भएर आगामी पाँच बर्षसम्म रहने विश्वविद्यालयले जनाएको छ ।
क्लिनटन सन् २०१६ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा चुनावी प्रतिश्पर्र्धी थिइन् । त्यसअघि उनी अमेरिकी विदेश मन्त्री बनेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्