Logo
Logo

बलेरो दुर्घटनामा २ को मृत्यु, चार गम्भीर घाइते


- दृष्टि न्युज/संवाददाता

0
Shares

उदयपुर, २४ पुस । ताप्ली गाउँपालिकामा भएको बोलेरो दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बुधबार साँझ भएको उक्त दुर्घटनामा चार जना गम्भीर घाइते भएका छन् ।
ताप्लि गाउँपालिकाको रामपुरझिल्के इनामेमा सामान र्पुयाएर कटारीतर्फ फर्कदै गरेको मे.१.ज.२६६२ नम्बरको बोलेरो जिप वडा–२ धपेनीमा दुर्घटना भएको थियो । सो दुर्घटनामा ताप्ली–२ लेखगाउँका २६ वर्षीय मिलन राई र झापा विर्तामोडका ३३ वर्षीय महेन्द्र राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
दुर्घटनामा घाइते भएका ताप्ली–२ लेखगाउँका ४० वर्षीया रसमाई राई, २७ वर्षीय बाबु राई, ३२ वर्षीय मोतिलाल राई, वडा–१ ओख्लेका २१ वर्षीय कोमलराज मगरलाई उपचारका लागि कटारी अस्पताल पठाइएको एसपी वीरबहादुर बुढामगरले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्