Logo
Logo

हिमालयन बैंकले ल्यायो ‘स्मार्टफोन जित्ने’ अफर


1.1k
Shares

काठमाडौं । हिमालयन बैंकले कनेक्ट आइपिएससंगको सहकार्यमा आफ्ना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागि ‘फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ ।

यस अफर अन्तर्गत दुई जना भाग्यशाली मोबाइल बैकिङ्गको प्रयोगकर्ताले हिमालयन बैंकको मोबाइल बैकिङ्ग– एच एमबि एपबाट अन्तर बैंक फण्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन् ।

सो अफर भदौं १ गते देखि भदौ ३१ गतेसम्म लागु हुने बैंकले जनाएको छ । मोबाइल बैकिङ्ग एपबाट फण्ड ट्रान्सफर गर्ने दुई जना प्रयोकर्ताहरुलाई अफरको अन्त्यमा लकी ड्र मार्फत् बिजेता छनोट गरिनेछ । उक्त बिजेताको घोषणा हिमालयन बैंकको आधिकारीक सामाजिक सञ्जालमा प्रकाशन गरिने छ ।

फण्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका निम्ति मोबाइल बैकिङ्गको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले बैंकका ग्राहकहरुलाई फण्ड ट्रान्सफरमा आधारित सेवाहरु लिन थप प्रोत्साहन गर्ने विश्वास गरिएको छ । एच एमबिको फण्ड ट्रान्सफर रिटेल पेमेन्ट स्विच/कनेक्ट आइपिएसको च्यानल प्ल्याट्फर्म मार्फत हुने गरेको छ ।

उक्त माध्यमबाट फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपिएसमा छुट्टै रजिष्टर गर्न आवश्यक छैन । आर्थिक वर्ष २०७९/८० मा यस च्यानलमार्फत १ करोड ४७ लाख भन्दा बढी भुक्तानी भइसकेको छ । मोबाइल बैंकिङ्ग मार्फत प्रयोगकर्ताहरुले प्रति कारोबार प्रति दिन दुई लाखको मात्र गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्