Logo
Logo

नाट्टामा तीन समूह चुनावी मैदानमा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २४ पुस । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाट्टा)को आशन्न निर्वाचनमा तीन अलग अलग समूहले मनोनयन दर्ता गरेका छन् ।
आगामी ३ माघमा हुने निर्वाचनमा अध्यक्ष पदका लागि हालका वरिष्ठ उपाध्यक्ष अच्युत गुरागाईं, पूर्वमहासचिवद्वय भीमप्रसाद पन्त र मिहीका शाह धाख्वाले छुट्टाछुट्टै प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् ।
गुरागाईं समूहको वरिष्ठ उपाध्यक्षमा यज्ञमूर्ति आचार्य, उपाध्यक्षमा तारा बास्तोला, महासचिव राकेश धमला, सचिव गोविन्द दाहाल, कोषाध्यक्ष कुमारमणि थपलिया र सहकोषाध्यक्षमा पासाङ दावा शेर्पाले मनोनयन दर्ता गरेका छन् ।
त्यस्तै कार्यसमिति सदस्य सुवास महर्जन, पर्शुराम घिमिरे, प्रमोद दाहाल, नवराज भेटवाल, शरदकुमार दाहाल, रमेश थापाले मनोनयन दर्ता गराएका छन् ।
पन्त समूहबाट वरिष्ठ उपाध्यक्षमा विनय बस्नेत, उपाध्यक्षमा बरुण मेहता, महासचिवमा सुधीरकुमार उपाध्याय पौडेल, सचिवमा जस्विन तुलाधर श्रेष्ठ, कोषाध्यक्षमा हरिभक्त श्रेष्ठ, सहकोषाध्यक्षमा युविका भण्डारीको उम्मेदवारी दिएका छन् ।
कार्यसमिति सदस्यमा सुवर्ण श्रेष्ठ, हरिकुमार श्रेष्ठ, विष्णु खत्री, लक्ष्मी कार्की अधिकारी, चुँडाबहादुर जिम्बा, गीता अधिकारी डेण्डी शेर्पा राम सोभित नायकले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै, अध्यक्षको प्रत्यासिका रुपमा नाट्टाका पूर्वमहासचिव शाह र धाख्वा समूहले पनि मनोनयन दर्ता गराएका छन् । नाट्टा सचिवालयका अनुसार धाख्वाको १५ सदस्यीय कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा नारायण गुरुङ कोने, उपाध्यक्षमा रमेश थापा, महासचिव कमला गुरुङ, सचिव अमृत ढकाल, कोषाध्यक्ष देवकी गुरुङ र सहकोषाध्यक्षमा फुदोमा शेर्पा रहेका छन् ।
कार्यसमिति सदस्यमा विजय राई, सुजिता गजमेर, विष्णु बस्नेत, सुवास महर्जन, सागर अधिकारी, भरतजंग पाण्डे, सिर्जना महर्जन र राजकुमार देवकोटाले मनोनयन दर्ता भएको छ । तीनवटै समूहले छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी आफ्ना प्रतिबद्धता सार्वजनिक गरिसकेका छन् ।
दुईवर्षे कार्यकालका लागि हुने नाट्टा निर्वाचनले पदाधिकारी तथा सदस्यसहित १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । जम्मा १७ सदस्य कार्यसमितिमध्ये थप दुई सदस्य मनोनीत गरिनेछ । निर्वाचनमा कूल ४९८ मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्