Logo
Logo

एनआईसी एशिया बैंकको सपोर्ट सेवा २४सै घण्टा सञ्चालनमा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । आफ्ना ग्राहक महानुभावहरुलाई गुणस्तरिय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको यस एनआईसी एशिया बैंकले अझै आधुनिक र प्रतिस्पर्र्धी सेवा दिने क्रममा विगत विसं २०७१ सालदेखि सञ्चालनमा रहेको ग्राहक सपोर्ट सेवालाई २४सै घण्टा सञ्चालनमा ल्याएको छ ।

यस बैंकका ग्राहक महानुभावहरुलाई कुनै पनि सहायता आवश्यक परेको खण्डमा एनआईसी एशिया सपोर्ट सेवा वर्षको ३६५ दिन नै र २४ सै घण्टा यहाँहरुको सम्पर्कमा रहीे ग्राहक महानुभावहरुको सेवा सुविधाका लागि गुनासो सुनुवाइ गर्नुका साथै आवश्यक सूचनाहरुसमेत उपलब्ध गराउने छ । यस सेवाको प्रयोगका लागि सेवाग्राहीहरुले बैंकको आधिकारिक वेबसाइट www.nicasiabank.com मा गई साथीसँग लाईभ च्याट गरी वा बैंकको टोल फ्री नम्बर १६६०–०१–७७७७१ मा सम्पर्क गरी वा [email protected] मा ईमेल गरी वा फोन नं ९८०१२२७७५५ मा मिस्ड कल गरी बैंकका प्रतिनिधिहरुसँग आफ्ना जिज्ञासा, गुनासो, सल्लाह र सुझावहरु राख्न सक्नुहुने बैंकले जनाएको छ ।


यस सेवाको माध्यमबाट ग्राहक महानुभावहरुले बैंकलाई दिनु हुने सुझाव तथा गुनासोहरुलाई उच्च प्राथमिकताका साथ सम्बोधन गरी ग्राहक महानुभावहरुमा विशेष लाभ पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०९ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करिब २० लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सूचना अधिकारी सुधीरनाथ पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्