काठमाडौं । श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले लिएको छ । एग्रिटेकले चाँडै नै १३ लाख कित्ता आइपिओ निष्कासन गर्न लागेको छ ।
कम्पनीले आफ्नो जारी पुँजीको १३ प्रतिशतले हुन आउने अंकित मूल्य १०० रुपैयाँका दरको तेह्र करोडबराबरको साधारण सेयरको निष्कासन गर्नेसम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा श्रीनगर एग्रिटेकका तर्फबाट प्रबन्ध निर्देशक सतीसचन्द श्रेष्ठ तथा निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनीषनारायण जोशीले हस्ताक्षर गरेको छ ।