Logo
Logo

देउवाले तोके १५ बिभाग प्रमुख


1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १५ विभाग प्रमुख मनोनीत गरेका छन्। सभापति देउवाले शुक्रबार केन्द्रीय सदस्यहरूलाई विभाग प्रमुख तोकेका हुन्।

सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३७ (१) (ग) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्यहरुलाई केन्द्रीय विभागको प्रमुखमा मनोनयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

कांग्रेसमा ७० वटा विभाग छ। यसअघि देउवाले प्रचार विभाग प्रमुख मात्रै तोकेका थिए। अहिलेसम्म १६ विभाग प्रमुख तोकिएको छ भने अरू बाँकी छ। गत साउन १० मा सकिएको केन्द्रीय समिति बैठकले भदौ १५ भित्र विभाग गठन गरिसक्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्