Logo
Logo

म्यानमारसँग मैत्रीपूर्ण फुटबल खल्ने टिमको बिदाइ


567
Shares

काठमाडौं । म्यानमारसँग दुई मैत्रीपूर्ण खेलमा सहभागी हुने फुटबल टोलीलाई आज (सोमबार) बिदाइ गरिएको छ । म्यानमारको याङ्गुनमा सेप्टेम्बर ८ र ११ मा हुने खेलका लागि नेपाल राष्ट्रिय फुटबल एन्फाले आज विदाई गरेको हो ।

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले आइतबार २३ सदस्यीय टिम घोषणा गरेका थिए । टिम नेपालमा सात नयाँ अनुहार छन् जसमा छिरिङ लामा, आशिष गुरुङ, अञ्जन राई, उत्सव राई, दिनेश हेन्जन, जिलेप्सीजंग कार्की र हिसुब थपलिया रहेका छन् ।

नेपालले अबको विश्वकप र एसिया कप छनोटको तयारीका रूपमा यी दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो । प्रारम्भिक छनोटमा नेपालले लाओसको सामना गर्ने पनि निश्चित भइसकेको छ । घोषित टिममा किरण लिम्बू, अभिषेक बराल, दीप कार्की, सनिश श्रेष्ठ, अनन्त तामाङ र रोहित चन्द छन् ।

यस्तै, टिममा परेका अन्य खेलाडीमा एरिक विष्ट, सन्दीप गुरुङ, लाकेन लिम्बू, आवास लामिछाने, कृतिश छुन्जु, आयुष घलान, नवयुग श्रेष्ठ, अञ्जन विष्ट, मनीष डाँगी र आशिष चौधरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्