हेटौंडा । बागमती प्रदेशसभा बैठक सञ्चालनका लागि सर्वदलीय बैठक आह्वान गरिएको छ । आइतबार (भोलि) बोलाइएको बैठक चल्ने अवस्था नदेखेपछि सभामुख भुवनकुमार पाठकको अगुवाइमा बैठक बस्नेगरीसर्वदलीय बैठक बोलाइएको हो ।
सभामुख पाठकले आइतबार बिहान १० बजेका लागि सर्वदलीय बैठक बोलाएको बागमती प्रदेशसभा सचिवालय हेटौंडाले जनाएको छ । बागमतीमा पछिल्लो समय प्रदेशसभामा भइरहेको समस्या समाधानका लागि सभामुख पाठकले सर्वदलीय बैठक बोलाएका हुन् ।
सर्वदलीय बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूका तर्फबाट दलका नेता, सचेतक तथा प्रतिनिधिहरूलाई उपस्थित हुन सूचना पठाएको सचिवालयले जनाएको छ ।
बैठकमा सहमति जुटुन सकेको अवस्थामा आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक सञ्चालन हुनेछ । गत २ महिनादेखि प्रदेशसभा बैठक बस्न सकेको छैन । गत भदौ १८ गतेका लागि आह्वान गरिएको प्रदेशसभा बैठक सरकार र विपक्षी दलबिच सहमति हुन नसक्दास्थगित हुँदै आएको छ ।